२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकले एससीटी–यूपीआई कार्ड जारी गर्ने


सञ्चार डबली
  • बुधबार, असार १८ २०८२
  • 4.6K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकले एससीटी–यूपीआई कार्ड जारी गर्ने

    काठमाडौं- स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड जारी गर्ने सम्झौता भएको छ। 

    एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

    सम्झौतासँगै बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै एससीटी–यूपीआई कार्ड लिन सक्नेछन्। 

    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ। कम्पनीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी–यूपीआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा युनियनपे, भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend