२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्से परिसुचक २७०० बिन्दु नजिक, साढे ९ अर्बभन्दा बढीको कारोबार


सञ्चार डबली
  • बुधबार, असार १८ २०८२
  • 8.1K
    SHARES

  • images
    नेप्से परिसुचक २७०० बिन्दु नजिक, साढे ९ अर्बभन्दा बढीको कारोबार

     

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ। आज सेयर बजारका सबै सूचक बढेका छन् । मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको नेप्से यसदिन ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको हो। नेप्सेको वृद्धिसँगै आज रकममा पनि वृद्धि भएको छ। आज एकै दिनमा साढे ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    १८२ कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने एउटाको स्थिर रह्यो । जीवन बीमा समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा २।५१, बैंकिङ १.३६, विकास बैंक २.३१, फाइनान्स १.९९, होटल तथा पर्यटन ०.७१, हाइड्रोपावर ०.४७, लगानी १.०१, उत्पादन तथा प्रशोधन ०.६९, माइक्रोफाइनान्स ०.५६, अन्य ०.९१ तथा व्यापार समूह १.७६ प्रतिशत बढे ।

    दुई कम्पनी ग्रिन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।नेपाल इन्स्योरेन्सको ९.८२, गुराँस लघुवित्तको ९.१५, सिन्धु विकास बैंकको ८.९२, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.३१ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, लक्ष्मी सनराइज बैंक (संस्थापक सेयर) र बुटवल पावर क्रमशः छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend