२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर कति ? अमेरिकी डलर र दिनारको मूल्य घट्यो


सञ्चार डबली
  • बुधबार, असार १८ २०८२
  • 4.9K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर कति ? अमेरिकी डलर र दिनारको मूल्य घट्यो

    आषाढ १८, २०८२ बुधवार
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित कतिपय विदेशी मुद्राको मूल्य भने बढेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ५४ पैसा र बिक्रीदर १३७ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ २३ पैसा र बिक्रीदर १६१ रुपियाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८८ रुपियाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ ०७ पैसा र बिक्रीदर १७३ रुपियाँ ८३ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९० रुपियाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३४ पैसा र बिक्रीदर १०० रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४२ पैसा र बिक्रीदर १०७ रुपियाँ ९० पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४१ पैसा र बिक्रीदर ३६ रुपियाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६३ पैसा कायम भएको छ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५३ पैसा र बिक्रीदर ३२ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४७ पैसा र बिक्रीदर १४ रुपियाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६१ पैसा र बिक्रीदर २१ रुपियाँ ७० पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपियाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ १३ पैसा र बिक्रीदर ३६३ रुपियाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ६४ पैसा र विक्रीदर ३५६ रुपियाँ २० पैसा रहेको छ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend