२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माछापुच्छ्रे बैंक ‘प्लाटिनम अवार्ड’ बाट सम्मानित


सञ्चार डबली
  • मंगलबार, असार १७ २०८२
  • 5.1K
    SHARES

  • images
    माछापुच्छ्रे बैंक ‘प्लाटिनम अवार्ड’ बाट सम्मानित

    काठमाडौं- माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२५’ मा ‘बिजनेस मोडेल इन्नोभेसन’ विधाअन्तर्गत ‘प्लाटिनम अवार्ड’ बाट सम्मानित भएको हो । 

    डिजिटल इन्नोभेसनमा उत्कृष्ट काम गरेबापत बैंकले उक्त अवार्ड हात पारेको हो । इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष प्रदान गरिने उक्त अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए । इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड हरेक वर्ष बैंकिङ क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गर्ने गरिन्छ ।

    माछापुच्छ्रे बैंकले बैंकिङ सेवामा नवीनतम प्रविधिहरूको प्रभावकारी प्रयोग गरी ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवा उपलब्ध गराउँदै आइरहेको छ । डिजिटल बैंकिङ, शाखारहित सेवा पहुँच, मोबाइल बैंकिङ, नवीनतम साइबर सुरक्षा मापदण्डको अवलम्बनजस्ता क्षेत्रमा बैंकले गरेको लगानीको फलस्वरुप बैंकले उक्त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।

    विगत २५ वर्षदेखि देशभर वित्तीय पहुँच विस्तार गर्दै सरल र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल देशभर १६५ शाखा, २०३ एटीएम तथा थुप्रै डिजिटल सेवामार्फत ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend