२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जासम्बन्धी सम्झौता


सञ्चार डबली
  • मंगलबार, असार १७ २०८२
  • 6.3K
    SHARES

  • images
    सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जासम्बन्धी सम्झौता

    काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.बीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    यस सहकार्यअनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् । यस कर्जाको अवधि ५ वर्ष रहेको बैंकले जानकारी दिएको छ । 

    सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिब अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।

    थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्नका लागि बैंकले आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend