२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा २८.९१ अंकको वृद्धि, ७ अर्ब ३ करोडको कारोबार


सञ्चार डबली
  • मंगलबार, असार १७ २०८२
  • 5.1K
    SHARES

  • images
    नेप्सेमा २८.९१ अंकको वृद्धि, ७ अर्ब ३ करोडको कारोबार


    काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३१.४४ अंकले बढेर २६६०.३९ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोडको सेयर कारोबार भएको छ ।

    आज सामुदायिक लघुवित्त वित्तीय संस्था र न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.८७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, बरुण हाइड्रोपावरका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् ।

    सर्वाधिक गुमाउनेमा आज युनिलिभर नेपालका लगानीकर्ताले रहेका छन् । यस कम्पनीका लगानीकर्ताले २.१३ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन एनआरएनको सर्वाधिक ४६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ४५ करोड ५५ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको २५ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend