२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंक र लेट मि इन प्रालिबीच विषेश सम्झौता


सञ्चार डबली
  • मंगलबार, असार १७ २०८२
  • 6.0K
    SHARES

  • images
    नेपाल बैंक र लेट मि इन प्रालिबीच विषेश सम्झौता

     

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    सो सम्झौता बमोजिम लेट मि इन प्रालिको कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्ससम्बन्धी सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend