२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भोलिदेखि आईपीओ निष्कासन गर्दै विकास हाइड्रोपावर


सञ्चार डबली
  • मंगलबार, असार १७ २०८२
  • 5.2K
    SHARES

  • images
    भोलिदेखि आईपीओ निष्कासन गर्दै विकास हाइड्रोपावर

    काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि असार १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन बाँडफाँड सम्पन्न गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीको आफ्नो जारी पूँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको हो। जसमध्ये कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ९ हजार १०१ कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ बाँडफाँड गरेको हो।

    बाँकी रहेको आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई र ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको २९ लख ४२ हजार ७६० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

    यस आईपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

    निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा असार ३२ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend