२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

९.१९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ३८ करोड


सञ्चार डबली
  • सोमबार, असार १६ २०८२
  • 5.9K
    SHARES

  • images
    ९.१९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ३८ करोड

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.१९ वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सो बराबरले बढेर २६३१.४८ विन्दुमा पुगेर बन्द भएको हो।

    परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । आज दिनभर २४८ कम्पनीका ३१८ स्क्रिपकोको १ करोड ४१ लाख कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज कारोबारमा आएका कम्पनीहरूमध्ये १४५ वटाको सेयर मूल्य बढेको छ भने १०३ वटाको घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन।

    समग्र रूपमा बढेको बजारमा आज चार वटा समूहका परिसूचक नकारात्मक देखिएका छन् । फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो र अन्य समूहमा आज गिरावट आउँदा बाँकी समूह बढेका छन् । सबैभन्दा धेरै वृद्धि उत्पादनमूलक उद्योगमा देखिएको छ ।

    कारोबार रकमको आधारमा साहस ऊर्जा ३६ करोड ५३ लाख रुपैयाँ कारोबारसहित सबैभन्दा अघि रह्यो । त्यसैगरी, सानिमा माई हाइड्रोपावर, बुटवल पावर कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend