२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 संसदीय सुनुवाइ समिति बैठकः विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश भन्दै कांग्रेसको आपत्ति


सञ्चार डबली
  • सोमबार, असार १६ २०८२
  • 6.4K
    SHARES

  • images
     संसदीय सुनुवाइ समिति बैठकः विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश भन्दै कांग्रेसको आपत्ति


    काठमाडौं ।  विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आपत्ति जनाएका छन्। आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा घिमिरेले सांसदले पास गरेको विधेयकमाथि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो नभएको बताएका हुन्।

    अदालतले कानूनको व्याख्या, संविधानको व्याख्या गर्ने हो । कुनै कानून संविधानसम्मत भएन भने त्यसको व्याख्या गर्ने हो । तर त्यो भन्दा बाहिर गएर संसदले पास गरेका विधेयकहरुमाथि विनियोजन विधेयकहरुमाथि पनि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो भइरहेको छैन, उनले भने।यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भएको घिमिरेले बताए।

     घिमिरेले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताएका छन्। सर्वोच्चका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई प्रश्न गर्दै  उनले न्यायालयप्रतिको जनविश्वास कमजोर हुँदै गएको बताएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend