२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई आर्थिक सहयोग


सञ्चार डबली
  • आइतबार, असार १५ २०८२
  • 5.4K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई आर्थिक सहयोग

    काठमाडौं- नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषद्वारा सञ्चालित विभिन्न संरक्षणका कार्यक्रमका लागि रु १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । 

    उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरुलाई सुविधा प्रदान गर्ने तथा पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिने कोषले बताएको छ । 

    कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि) राममोहन राव अमराले लुम्बिनी विकास कोषका सदस्य सचिव, सानुराजा शाक्यलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सल, बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नेपाल एसबिआई बैंकका संचालकहरु, रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती, गोपाल प्रसाद भट्ट, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, बैंकका प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा तथा कोषका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    एसबिआई बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend