२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप


सञ्चार डबली
  • आइतबार, असार १५ २०८२
  • 6.7K
    SHARES

  • images
    असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

    काठमाडौं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको असार १ र २ गतेको तथ्यांकले बैंकिङ्ग प्रणालीको निक्षेप बढेको देखाएको हो ।

    असार १ गते ७० खर्ब १ अर्ब रुपैयाँ रहेको निक्षेप २ गते बढेर ५० खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेप पनि ४ अर्ब रुपैयाँले बढेको छ ।

    सो समयमा कर्जा प्रवाहमा भने सामान्य अर्थात् २ अर्ब रुपैयाँको वृद्धि देखिएको छ । असार १ गते ५५ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २ गते ५५ खर्ब ७० अर्ब रुपैयाँ प्रवाह भएको छ ।

    यस्तै, वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा १ अर्ब रुपैयाँले बढेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७८ दशमलव ३९ प्रतिशत रहेको छ ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend