काठमाडौं- नेपाल एसबिआई मर्चेण्ट बैंकिङको असार १३ गते बसेको सञ्चालक समितिको ७१ औं बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सन्तोष कुमार भण्डारीलाई नियुक्त गरेको छ । असार १३ गतेदेखि लागू हुने उनलाई सो पदमा नियुक्त गरेको हो ।
यस अघि निज सन्तोष कुमार भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको कार्य अनुभव संम्हालेका भण्डारी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् । नेपाल एसबिआई बैंकको पुर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको चुक्ता पूँजी २० करोड रहेको छ ।


