२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन


सञ्चार डबली
  • शुक्रबार, असार १३ २०८२
  • 7.5K
    SHARES

  • images
    हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन

     

    काठमाडौं ।  हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

    यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । आईपीओको अंकित मूल्य १०० रूपैयाँ रहेको छ । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्कासन गरिरहेको छ ।

    आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नंं. ८, साविक भुसिङ्गा गाविसका सबै वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend