२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 भोलिदेखि निष्कासनमा आउँदै सिटिजन्स सदाबहार योजना


सञ्चार डबली
  • बिहीबार , असार १२ २०८२
  • 4.6K
    SHARES

  • images
     भोलिदेखि निष्कासनमा आउँदै सिटिजन्स सदाबहार योजना

    काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ भोलि साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ।

    यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड इकाई निष्कासनमा आउनेछ। जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको कम्तीमा १५ प्रतिशत इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको कम्तीमा ४ करोड २५ लाख इकाई सार्वजनिक निष्कासन गर्न लागिएको हो।

    यसमा घटीमा १०० इकाईका लागि र बढीमा ५० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा असार १७ गते र ढिलोमा असार २७ गते हुनेछ।

    थप गरिएको बिक्री अवधिभर पनि कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज गरी आवेदकको रकम फिर्ता गरिनेछ। तर मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म इकाई थप अर्थात् ६ करोड २५ लाख इकाई कायम गरेर बाँडफाँड गरिनेछ।

    यसमा योजनाको अवधि वा परिपक्व अवधि लागू नहुने र बाँडफाँड भएको ३ महीनापछि खरीद–बिक्री गर्न सकिने जनाएको छ। यो धितोपत्र दोस्रो बजारमा सूचीकरण वा कारोबार नहुने तर आधिकारिक संस्थालाई वितरक तोकी खरीद बिक्री हुने व्यवस्था मिलाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend