२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्यो


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 9.1K
    SHARES

  • images
    नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्यो

     

    काठमाडौ, १४ असार ।लगानीकर्ताले माग गर्दै आएको नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढेको छ । एक दशकपछि ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढे पनि यो या त्यो बाहनामा लाइसेन्स रोक्न अनेक प्रयास भए । कहिले मुद्दा र कहिले अर्थ समितिको निर्देशनले प्रक्रिया रोक्न विलम्ब गरेका कारण लाइसेन्स वितरण प्रक्रियामा ढिलाई भएको थियो ।

    तथापि, योबीचमा नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरेको छ । यसअघि आशयपत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका १८ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिसकेको छ । सञ्चालन अनुमति पाएका मध्ये ७ ब्रोकर कम्पनीहरुले नेपाल स्टक एक्चेन्जमा सदस्यताका लागि आवेदन दिएका छन् ।

    बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४६ वटा आवेदन परेका थिए । तीमध्ये एउटा आवेदन आवेदनकर्ता आफैंले फिर्ता लिएको र बाँकी २ वटाको कागजात नपुगेको बोर्डले जनाएको छ । बाँकी रहेका ४३ वटा ब्रोकर आवेदनलाई बोर्डले आशयपत्र दिएको थियो । त्यो मध्ये १८ वटालाई लाइसेन्स दिइसकेको छ ।

    साथै, मुलुकको पुँजी बजार विस्तार भएन भने ९३ वटा ब्रोकरलाई टिक्न गाह्रो हुने अनुमान छ । त्यसैले, रियल सेक्टरलाई भित्र्याउनेदेखि एनआरएनलाई पुँजी बजारमा लगानी गर्नेसम्मको वातावरण नियामक निकायले बनाइदिन जरुरत रहेको छ ।


    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend