२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गभर्नर पौडेलको सम्पत्ति :१४ करोडको सेयर र ४५ तोला सुन, अन्य सम्पत्ति कति ?


सञ्चार डबली
  • बुधबार, असार ११ २०८२
  • 5.6K
    SHARES

  • images
    गभर्नर पौडेलको सम्पत्ति :१४ करोडको सेयर र ४५ तोला सुन, अन्य सम्पत्ति कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। पौडेलसँग करिब २३ करोड सम्पत्ति रहेको छ।

    गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको हुँदा  दिनअघि उनले सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका छन्।  गभर्नर पौडेलले विभिन्न कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँको सेयर लगानी गरेका छन् ।

    सार्वजनिक गरेको विवरणअनुसार सानिमा बैंक, सानिमा मिडल तमोर हाइड्रो,  ऊर्जा हाइड्रोपावर, चितवनको इनर्जी लिमिटेड र सानिमा माई हाइड्रोमा उनको सेयर लगानी देखिएको छ।

    उनीसँग दुई स्थानमा घरजग्गा रहेको छ भने दुवै स्थानको जग्गा श्रीमती प्रतिभाको नाममा रहेको छ। ललितपुरमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ। पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रूपैयाँमा यो घरजग्गाको किनेको  विवरणमा उल्लेख गरेका छन्।

    गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला छ भने करिब १५ लाख रूपैयाँ बराबरको हिरा रहेको छ । सुन भने पैतृक रूपमा पाएको उल्लेख छ। 

    साथै, गभर्नर पौडेल र उनकी श्रीमतीको नाममा विभिन्न तीनवटा बैंकमा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको नाममा २० लाख ६८ हजार रुपैयाँ र सानिमा बैंकको डलर खातामा चार हजार भन्दा बढी अमेरिकी डलर रहेको व्यहोरा उनले खुलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend