२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, सवैले किन्न पाउने


सञ्चार डबली
  • मंगलबार, असार १० २०८२
  • 4.8K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, सवैले किन्न पाउने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले १ लाख २९ हजार ८२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    उक्त शेयरमध्ये १ लाख १५ हजार ५१८ कित्ता सेयर बैंककै विद्यमान शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् भने १४ हजार ३१२ कित्ता जोकोही सर्वसाधारणले खरिद गर्न पाउने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र र सर्वसाधारणले १५ दिनभित्र आफूले के कति कित्ता खरिद गर्ने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    तोकिएको समयभित्र १ लाख १५ हजार ५१८ कित्ता संस्थापक सेयरका लागि पर्याप्त आवेदन नपरेको खण्डमा भने उक्त सेयरसर्वसाधारणका लागि खुला हुने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend