२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दुई करोडसम्म कर्जा लिने ऋणीलाई नियामकको सहुलियत, तीन महिना समय थप


सञ्चार डबली
  • मंगलबार, असार १० २०८२
  • 4.6K
    SHARES

  • images
    दुई करोडसम्म कर्जा लिने ऋणीलाई नियामकको सहुलियत, तीन महिना समय थप

    काठमाडौं। साना ऋणीलाई नियामकले ऋण तिर्न सहुलियत दिएको छ। नेपाल राष्ट्र बैंक निर्देशित क्षेत्रमा दुई करोडसम्म कर्जा लिने ऋणीलाई ऋण तिर्न तीन महिनाको समय थप गरेको हो।

    केन्द्रीय बैंकले इजाजत पत्र प्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन/परिमार्जन/थप व्यवस्था गर्दै निर्देशित क्षेत्रको यसअघि प्रवाहित कर्जामध्ये कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यमका क्षेत्रमा प्रवाहित कर्जा तिर्ने २०८२ असोन मसान्तसम्मको समय दिइको हो।

    परिस्थितिवश समस्यामा परेका दुई करोड रुपैयाँसम्मका तोकिएका क्षेत्र (कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यम)मा प्रवाह भएको कर्जाको हकमा ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगदप्रवाह लगायतका पक्षहरुको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर तोकिएको शर्तहरुको अधिनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण/वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरिएको छ।

    १, यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नुपर्ने छ।

    २, यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ पुष मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्ने छ।

    ३, पुनरतालिकीकरण वा पुनरसंरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था गर्न पाइने छैन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend