२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण


सञ्चार डबली
  • आइतबार, असार ८ २०८२
  • 3.9K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

    आइतवार, असार ८ २०८२

    मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।

    हस्तान्तरण कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकाली लगायतलाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरिन् ।

    उक्त अवसरमा शाखा प्रबन्धक थकालीले, बैंकले प्रत्येक वर्ष विभिन्न संघ संस्था र बिद्यालयहरूमा स्वास्थ्य तथा शैक्षिक सामग्री तथा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र यो क्रमलाई आगामी दिनमा पनि जारी राख्ने बताए ।

    स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी परियारले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विशेषगरी दम र निमोनियाका विरामीको उपचारमा सहयोग पुग्ने बताए ।

    उनले स्वास्थ्य संस्थाका लागि अति आवश्यक रहेको ‘अक्सिजन कन्सेन्ट्रेटर’ उपलब्ध गराएकोमा सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

    कार्यक्रममा घरपझोङ गाउँपालिका वडा नम्बर ३ का सदस्य थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएर नागरिकको स्वास्थ्य उपचारमा सांग्रिला डेभलपमेन्ट बैंकले ठुलो योगदान गरेको बताए ।

    आम नागरिकको विश्वास र भरोसाका कारण यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

    संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend