२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 ३२ अंकले घट्यो सेयर बजार, ९ अर्ब १४ करोडको कारोबार


सञ्चार डबली
  • आइतबार, असार ८ २०८२
  • 5.6K
    SHARES

  • images
     ३२ अंकले घट्यो सेयर बजार, ९ अर्ब १४ करोडको कारोबार


    काठमाडौं ।  साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब १४ करोडको कारोबार भएको छ । आइतबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत सूचकहरू घटेपछि त्यसको नकारात्मक असर नेप्से परिसूचकमा देखिएको हो । कारोबार सुरु हुँदा २६२८.१ अंकमा रहेको नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ अंकमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ४.८७ अंक घटेको छ ।

    पछिल्लो समय सेयर बजार सूचक घटे भए पनि कारोबार रकम बढेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घटेको छ । वित्तीय प्रणालीको ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ । त्यसैले ब्याजदर घटेको अवस्थामा वित्तीय क्षेत्रको पैसा सेयर बजारमा परिचालन हुने गर्छ । त्यसले गर्दा पनि कारोबार रकम बढेको हो । त्यसैगरी पछिल्लो समय सेयर बजारमा जाने कर्जाका सन्दर्भमा नेपाल राष्ट्र बैंक पनि लचक भएपछि धितोपत्र बजारमा लगानी बढ्न थालेको हो ।

    सेयर बजारमा कारोबार रकम बढ्नु भनेको सकारात्मक संकेत हो । बजारमा लगानी भित्रिरहेको हुनाले आगामी दिनमा बजार बढ्ने संकेतका रूपमा पनि बुझिन्छ । आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचक बैंकिङ ११.४९, विकास बैंक ४६.८८, फाइनान्स २५.८७, जलविद्युत् १००.९७, माइक्रोफाइनान्स ५४.१६, होटल २१७.४२, अन्य १४.१६, सामूहिक लगानी कोष ०.०७, उत्पादन ७५.०५, व्यापार २९.४७, जीवन बीमा १३५.२३, निर्जीवन बीमा समूह ५८।३४ अंकले घटेका छन् ।

    आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये २३ को सेयर मूल्य बढेको छ । त्यसैगरी २ सय २५ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । आइतबार नेप्सेमा ३ सय १० कम्पनीको ८७ हजार ३ सय २ कारोबारबाट २ करोड १५ लाख ४७ हजार कित्ता सेयर ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँमा किनबेच भएको छ । आइतबारको कुल बजार पूँजीकरण ४३ खर्ब २५ अर्ब पुगेको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend