८ असार २०८२, आईतवार
काठमाडौं । मन्जुश्री फाइनान्सले डिजिटल सेवामा सुधार गर्दै ‘इन्स्टा फन्ड ट्रान्सफर’ मार्फत निःशुल्क अन्तरबैंक रकमान्तर सेवा सुरु गरेको छ।
ग्राहकको डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याइएको यो सुविधा मन्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप अन्तर्गत उपलब्ध हुने फाइनान्सले जनाएको छ । यसमार्फत एनपीएसमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थामा सजिलै पैसा ट्रान्सफर गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
ग्राहकको विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ कर्जा सुविधा प्रदान गर्दै आएको छ। हालसम्म २७ शाखा र १ विस्तारित काउन्टरमार्फत १ लाख ५० हजारभन्दा बढी ग्राहकलाई फाइनान्सले सेवा दिइरहेको छ ।


