२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकको शेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, असार ४ २०८२
  • 6.0K
    SHARES

  • images
    एनएमबि बैंकको शेयर बिक्रीमा

    काठमाडौं, असार ४ । एनएमबि बैंक लिमिटेडले २ लाख ९० हजार २९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

    बैंकले  संस्थापक शेयरधनी कालीदाश गोतामेको नाममा रहेको २ लाख १६ हजार ३४५ कित्ता र कल्पना पाण्डेको नाममा रहेको ७३ हजार ९५१ कित्ता शेयर बिकीमा राखेको हो।यसमा हाल यसमा बैंकका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

    यसका लागि  ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्ने र निवेदन प्राप्त भएपछि खरीदकर्ता र बिक्रेताको आपसी सहमतिमा प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

    साथै, यस अवधिभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend