२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

१.०७ ले घट्यो सेयर बजार,  ९ अर्ब ८ करोडको कारोबार


सञ्चार डबली
  • बुधबार, असार ४ २०८२
  • 6.3K
    SHARES

  • images
    १.०७ ले घट्यो सेयर बजार,  ९ अर्ब ८ करोडको कारोबार


    काठमाण्डौं ।  आज सेयर बजारमा कारोबार रकम बढे पनि नेप्से झिनो अंक १.०७ ले घटेको छ । सो अंकको कमीपछि नेप्से २६५३ अंकमा कायम भएको छ । कारोबार रकम १८ प्रतिशत बढेको छ । अघिल्लो दिन ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८ करोडको भयो ।

    ८८ कम्पनीको मूल्य बढ्यो भने १५९ को घट्यो, एउटाको स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७ र अन्य समूह ०.१९ प्रतिशत बढे ।

    बैंकिङ ०।१२, विकास बैंक १.२५, होटल तथा पर्यटन १.१३, फाइनान्स ०.४६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६२ तथा व्यापार समूह ०.१५ प्रतिशत घटे ।दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र जोशी हाइड्रोपावर छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend