२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एससीटी यूपीआई कार्डका प्रयोगकर्तालाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट


सञ्चार डबली
  • बुधबार, असार ४ २०८२
  • 5.4K
    SHARES

  • images
    एससीटी यूपीआई कार्डका प्रयोगकर्तालाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

    काठमाण्डौं ।  स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससीटी यूपीआई कार्ड प्रयोगकर्ताहरूका लागि मौलाकाली केवलकारमा विशेष छुटको अफर सार्वजनिक गरिएको छ।

    अब यूपीआई कार्ड प्रयोग गरी मौलाकाली केवलकारको टिकट खरिद गर्दा ग्राहकहरूले १० प्रतिशत छुट पाउनेछन्। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भुक्तानी सेवा प्रदायक संस्था एससीटी र मौलाकाली केवलकारबीचको सहकार्यमा ल्याइएको यो अफरले आन्तरिक पर्यटन र डिजिटल कारोबार दुवैलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

    नवलपुरको गैँडाकोटमा समुन्द्री सतहदेखि १ हजार ८ सय ४१ फिट उचाइमा अवस्थित मौलाकाली मन्दिरमा पुग्न यात्रालाई सजिलो बनाउने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको हो। भक्तजन र पर्यटकका लागि अझ सहज र सुलभ यात्राको अनुभव दिने हेतुले यो छुट अफर सुरु गरिएको हो।

    यस अफर अन्तर्गत कार्डधारीहरूले एप मेसिनमार्फत टिकट खरिद गर्दा मात्र छुटको लाभ लिन सक्नेछन्। हाल एससीटीले २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीहरूमार्फत यूपीआई कार्ड वितरण गर्दै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend