२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

३५.३७ अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 8.9K
    SHARES

  • images
    ३५.३७ अंकले घट्यो सेयर बजार


    काठमाडौ, १३ असार । बढेको बजारबाट ट्रेडरले नाफा सुरक्षित गर्दा बुधबार नेप्से सूचक प्रभावित भएको छ । तर, बजारले २२ सयको मनोवैज्ञानिक विन्दुलाई पार गरेर करेक्सनमा गएको हो । यस दिन नेप्से सूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा अडिएको छ । ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८११ रुपैयाँको कारोबार भएको छ । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

    बजार खुल्ने वित्तिकै नेप्से २२ सय विन्दु माथि गएको थियो । त्यसपछि भने बजारमा नाफा बुक गर्नेहरु हावी भए, फलस्वरुपः बजार पुनः घटेर २२ सय विन्दुभन्दा तल आएको हो ।

    यस दिन २८० कम्पनीको १ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । ८३ करोड ७० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्स्योरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend