२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंककले ल्यायो गैरबैंकिङ सम्पत्ति बिक्रीका लागि छुट्टै ‘लिलाम पोर्टल’


सञ्चार डबली
  • मंगलबार, असार ३ २०८२
  • 7.9K
    SHARES

  • images
    एनआईसी एशिया बैंककले ल्यायो गैरबैंकिङ सम्पत्ति बिक्रीका लागि छुट्टै ‘लिलाम पोर्टल’

    काठमाडौं, असार ३ । पछिल्लो पटक बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दै जाँदा यता गैरबैंकिङ सम्पत्ति (धितो) समेत बढ्दै गएको छ । यस्तो अवस्थामा धितो बेचर हिसाब मिलान गर्न खोज्दा समेत बैंकहरुले यस्तो सम्पत्ति बेच्न सकिरहेका छैनन् ।

    तर, पछिल्लो पटक एनआईसी एशिया बैंकले गैरबैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्न छुट्टै अनलाइन पोर्टल ल्याएको छ ।

    हालैमात्र लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टलमार्फत लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको जनाएको छ ।  यसको लागि ग्राहकहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं। तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नेछन् ।

    यसरी ग्राहक महानुभावहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend