२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज सेयर कारोबार रकमसँगै घट्यो परिसूचक नेप्से


सञ्चार डबली
  • मंगलबार, असार ३ २०८२
  • 7.3K
    SHARES

  • images
    आज सेयर कारोबार रकमसँगै घट्यो परिसूचक नेप्से


    काठमाडौं । आज सेयर कारोबार रकमसँगै परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.९० अंक घटेको हो । सो कमीपछि नेप्से २६५४ अंकमा कायम भएको छ । कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो ।

    कुल ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो । यस दिन माइक्रोफाइनान्स समूहमा आकर्षण देखियो । सो समूह १.१० प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२७ तथा व्यापार ०.११ प्रतिशत बढे ।

    यीबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०.४९, होटल तथा पर्यटन १.५८, लगानी ०.४३, जीवन बीमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, निर्जीवन बीमा ०.२५ तथा अन्य ०.१५ प्रतिशत घटे । पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ७.७३, सामुदायिक लघुवित्तको ७.१३, अपरहेवाखोलाको ५.२८ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ५.१६ प्रतिशत बढ्यो ।

    गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.६२, नारायणी डेभलपमेन्ट बैंकको ३.९४, सिन्धु विकास बैंकको ३.७७, तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.२१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, ङादी ग्रुप, राधि विद्युत् र सोल्टी होटल क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend