२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै बरुण हाइड्रोपावर


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 7.8K
    SHARES

  • images
    शतप्रतिशत हकप्रद सेयर जारी गर्दै बरुण हाइड्रोपावर

     

    काठमाडौ, १३ असार । बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १००५ हकप्रद सेयर निष्कासनका लागि नियामक विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको हो ।

    आयोगले पूर्वस्वीकृति लिएर हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । हाल बरुणको चुक्ता पुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । नियामकको स्वीकृतिपछि हकप्रद सेयर जारी भएमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी हुनेछ ।

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बरुणले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । प्रतिसेयर आम्दानी बार्षिक ४ रुपैयाँ ४० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ८२ पैसा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend