२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता


सञ्चार डबली
  • आइतबार, असार १ २०८२
  • 6.0K
    SHARES

  • images
    होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

     

    काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, स्थित होटेल हिमालय सेरेन भ्यु रप्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।

    प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुलेखाना र पेय पदार्थमा १०% साथै आवास सुविधामा १५% छुट पाउने भएका छन । सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्युमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको छ ।

    त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुलनाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाहगर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाटपनि सम्मानित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend