२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 झिनो अंकले बढ्यो सेयर बजार, ११ अर्ब ४४ करोडको कारोबार 


सञ्चार डबली
  • आइतबार, असार १ २०८२
  • 6.2K
    SHARES

  • images
     झिनो अंकले बढ्यो सेयर बजार, ११ अर्ब ४४ करोडको कारोबार 

     

    काठमाडौं ।  आइतबार सेयर बजार झिनो अंक ०.४७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटे पनि उत्साहजनक देखिन्छ । अघिल्लो दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४४ करोडको भयो ।

    ९० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो । हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको उत्साह कायमै छ । गत साता सबैभन्दा धेरै ५.५३ प्रतिशत बढेको यो सेक्टर आइतबार ०.९६ प्रतिशत बढ्यो । आज धेरै मूल्य बढेका कम्पनीमा हाइड्रोपावरको वर्चस्व रह्यो । यद्यपि उत्पादन समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो । व्यापार १.०८, निर्जीवन बीमा ०.०७ तथा विकास बैंक ०.४८ प्रतिशत बढे ।

    बैंकिङ ०.४४, फाइनान्स ०.५९, लगानी ०.७६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०।३१, होटल तथा पर्यटन ०.०६ तथा अन्य समूह ०.४६ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर छन् । 

    त्यस्तै बरुण हाइड्रोपावरको ९.८४, युनियन हाइड्रोपावरको ९.३४ प्रतिशत मूल्य बढ्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत् र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend