२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई समुन्नत योजनाको इकाई असार २२ गतेदेखि बिक्री खुला हुँदै


सञ्चार डबली
  • आइतबार, असार १ २०८२
  • 5.0K
    SHARES

  • images
    ग्लोबल आइएमई समुन्नत योजनाको इकाई असार २२ गतेदेखि बिक्री खुला हुँदै

     

    काठमाडौं । ग्लोबल क्यापिटलले असार २२ गतेदेखि ‘ग्लोबल आइएमई समुन्नत योजना’ को इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँको दरले यो योजनाको इकाई बिक्री गर्न लागेको हो ।

    जारी हुन लागेको १२ करोड इकाईमध्ये १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई, कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेडलाई १ करोड ६२ लाख इकाई छुट्याइएको छ । बाँकी १० करोड २ लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।

    लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने साउन ४ गतेसम्म खुला रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend