२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अमेजनमा ४ बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 7.8K
    SHARES

  • images
    अमेजनमा ४ बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान


    काठमाडौं, १३ असार । अमेजनको जंगलबाट ४० दिनपछि ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारले सम्मान गरेको छ । यस उद्धार अभियानलाई अपरेशन होप नाम दिइएको थियो र यसमा संलग्न सैनिक र अन्य सदस्यहरूलाई अर्डर अफ बोयाका नामक अवार्ड दिइएको थियो। यो कोलम्बियाका नागरिकहरूलाई दिइने उच्च डिग्री र सशस्त्र बलहरूलाई सम्मानित दोस्रो उच्च डिग्री हो।

    अवार्ड दिने क्रममा राष्ट्रपति गुस्ताभो पेट्रोले भने– पदक त एउटा प्रतीक मात्र हो । वास्तविक पुरस्कार जीवन हो र यी उद्धारकर्मीहरूले प्रमाणित गरेका छन्। उद्धारकर्मीहरूले बालबालिकाको समुदायलाई अपरेशनमा सामेल गरे र हामी कसरी एकजुट भएर धेरैको ज्यान बचाउन सक्छौं भनेर प्रमाणित गरे।
    उनले भने– अहिले पश्चिमी वा परम्परागत चलन कुन राम्रो भन्नेमा विवाद बाँकी छैन । दुवै विचारधाराले मिलेर यी बालबालिकालाई उद्धार गरेर घर ल्याएका छन् ।

    यस कार्यमा संलग्न सेनाको स्निफर डग विल्सनलाई पनि सम्मान गरिएको थियो । यो कुकुर जंगलबाट बालबालिकाको उद्धार गरेर अमेजनमा हराएको थियो । फेला पार्न अपरेसन पनि सुरु गरिएको छ । तर, कोलम्बियाका एक सैन्य अधिकारीले भने– अहिले विल्सन फेला नपरोस् भन्ने डर छ ।

    उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय डग विल्सनको विरासतको सम्झनामा स्मारक निर्माण गरिने बताए ।अमेजन जंगलमा प्लेन दुर्घटना हुदाँँ हराएका ४ जना बालबालिकालाई ४० दिन पछि जिवितै भेटिएको थियो, जसले संसारलाई नै चकित पारिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend