२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड, ३.८ गुणा बढी आवेदन प्राप्त


सञ्चार डबली
  • बिहीबार , जेठ २९ २०८२
  • 5.8K
    SHARES

  • images
    निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त

    काठमाडौं/ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सार्वजनिक रुपमा पहिलो पटक जारी गरेको हरित उर्जा ऋणपत्र “निफ्रा ग्रीन इनर्जी बोन्ड ६५ – २०८८/८९” को बाँडफाँड आज सफलतापूर्वक सम्पन्न भएको छ।

    एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त ऋणपत्रको बाँडफाँड कार्यक्रम लाजिम्पाटस्थित क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो।

    रु.५ अर्ब बराबरको यस ऋणपत्रमा ३.८ गुणा बढी आवेदन प्राप्त भएको जानकारी दिँदै आयोजक संस्थाले यसलाई नेपाली पूँजी बजारप्रतिको बढ्दो विश्वासको प्रतिबिम्ब भनेको छ। निष्काशनमा व्यक्तिगत तथा संस्थागत तवरबाट उल्लेख्य सहभागिता देखिएको थियो।

    यो ऋणपत्र २०८२ साल जेठ १८ गतेदेखि २५ गतेसम्म निष्काशन गरिएको थियो। कुल रकमको ६० प्रतिशत संस्थागत लगानीकर्ता र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो।

    एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे ले भने, “नेपालकै पहिलो हरित उर्जा ऋणपत्रलाई सफलतापूर्वक निष्काशन गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।

    यो प्रयास नविनता र दुरदर्शितामा आधारित हाम्रो लक्ष्यको विस्तार हो।

    Image 1 (1).jpeg

    हामी भविष्यमा पनि यस्ता अर्थपूर्ण परियोजनाहरु ल्याउनेछौं।”

    ७ वर्षको अवधि रहेको र वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने यो ऋणपत्रले दिगो तथा वातावरणमैत्री परियोजनाहरुमा लगानी प्रवाह गर्ने लक्ष्य लिएको छ।

    बाँडफाँड सम्पन्न भएको अवसरमा, नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, कम्पनी रजिष्ट्रारको कार्यालय, विदेशी सहयोगी संस्था जस्तै ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी लगायत सबै सरोकारवालालाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।

    Image 2 (2).jpeg

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend