२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ज्योति विकास बैंकका ग्राहकहरूलाई तिलगङ्गा सिटी आई सेन्टरमा विशेष छुट


सञ्चार डबली
  • बिहीबार , जेठ २९ २०८२
  • 4.3K
    SHARES

  • images
    ज्योति विकास बैंकका ग्राहकहरूलाई तिलगङ्गा सिटी आई सेन्टरमा विशेष छुट

    काठमाडौँ, जेठ २९ ।  ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य सेवामा थप सुविधा पुर्‍याउने उद्देश्यले काठमाडौंको चुच्चेपाटीस्थित Tilganga City Eye Center सँग विशेष छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले उक्त आँखा केन्द्रमा आँखा जाँच, शल्यक्रिया, थेरापी तथा प्रिस्क्रिप्शन चश्मामा छुट पाउनेछन्।

    बैंकले जारी गरेको विज्ञप्तिअनुसार, ग्राहकहरूले आँखा जाँच तथा उपचार सेवामा १०% र प्रिस्क्रिप्शन चश्मामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। Tilganga City Eye Center तिलगङ्गा नेत्र प्रतिष्ठानको सह- संस्था हो, जसले अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

    ग्राहक–मैत्री सेवा र सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै ज्योति विकास बैंकले स्वास्थ्य क्षेत्रका विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ। यसअघि बैंकले नयाँ बानेश्वरस्थित "Alfa Health Care and Diagnostic Center" सँग १५% र सातदोबाटोस्थित "Public Nepal Dental Hospital & Polyclinic" सँग ५०% सम्म छुट दिने सम्झौता गरिसकेको छ।
    बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो खुद मुनाफाको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याई समाजमा योगदान दिँदै आएको छ। नवजात शिशुहरुको जीवन रक्षा गर्ने उद्देश्यले चालेको “न्यानो नानी” कार्यक्रममार्फत बैंकले हरेक वर्ष २२९४ भन्दा बढी शिशुको जीवन रक्षा गरिरहेको छ।

    राष्ट्र निर्माणमा सशक्त योगदान पुर्‍याउने लक्ष्यसहित यस विकास बैंकले अघिल्लो आर्थिक वर्षमा मात्र ४० करोड रुपैयाँ कर तिरेको छ भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म १५ करोड रुपैयाँ कर बुझाइसकेको छ।

    हाल ज्योति विकास बैंकले १२१ वटा शाखा, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend