२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 29.9K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


    काठमाडौ, १३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर साार्बजनिक गरेको छ ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९५ पैसा र बिक्री दर १३१ रूपैयाँ ५५ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ ३५ पैसा र बिक्री दर १४४ रूपैयाँ ०१ पैसा रहेको छ।

    हिजो अमेरिकनन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५७ पैसा रहेको थियो भने भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८७ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको थियो ।

    अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४ पैसा र बेलायती पाउण्ड स्टर्लि एकको खरिद दर १६६ रूपैयाँ ७६ पैसा र बिक्री दर १६७ रूपैयाँ ५३ पैसा तोकिएको छ ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा कायम गरेको राष्ट्र बै‌कले दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ ६ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा रहेको छ।

    यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ, साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँ कायम गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend