२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कृषि विकास बैंकलाई फुटसलमा दोहोरो उपाधि


सञ्चार डबली
  • बुधबार, जेठ २८ २०८२
  • 4.4K
    SHARES

  • images
    कृषि विकास बैंकलाई फुटसलमा दोहोरो उपाधि

    काठमाडौं, जेठ २८ । कृषि विकास बैँक ‘ए’ ले १४औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ । कृषि विकास बैँकको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । दुवैको निर्णय पेनाल्टी सुटआउटबाट निस्केको थियो ।

    टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको पुरुषको फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो । निर्धारित समयको १–१ गोलको बराबरीमा टुङ्गिएको थियो ।

    नेपाल वायु सेवा निगमले काठमाडौँ खानेपानी लिमिटेडलाई २–० गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशस् ५५ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कार पायो । 

    कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान)द्वारा आयोजित प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा कृषिले नेपाल बैंक लिमिटेडलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो ।

    निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएको थियो । विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाए ।

    फुटसलसँगै १४ औं कर्मचारी खेलकुद सम्पन्न भएको छ । फुटसलसहित ब्याडमिन्टन र टेबलटेनिस गरी ३ खेलको प्रतिस्पर्धा भएको थियो । विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार प्रदान गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend