२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दुई दिन लगातार बढेको सेयर बजारमा गिरावट, कति भयो कारोबार ?  


सञ्चार डबली
  • बुधबार, जेठ २८ २०८२
  • 6.5K
    SHARES

  • images
    दुई दिन लगातार बढेको सेयर बजारमा गिरावट, कति भयो कारोबार ?  

     

    काठमाडौं ।  दुई दिन लगातार बढेको सेयर बजार आज भने  घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो ।सो गिरावटपछि नेप्से २६६४ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १० अर्ब १६ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने एउटाको स्थिर रह्यो ।

    आज हाइड्रोपावर बाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर १.१३ प्रतिशत बढ्यो । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत बढेको फाइनान्स आज १.३१ प्रतिशत घट्यो ।

    त्यस्तै बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १।०७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशत घटे ।

    तीन हाइड्रोपावर कम्पनी पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रिभर फल्स पावरको ७.६४, गुराँस लघुवित्तको ७।१४ तथा श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.०७ प्रतिशत मूल्य बढ्यो ।सप्तकोशी विकास बैंकको ४.८३, स्वाभिमान लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल बालाजुको ३.८९ प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, युनिभर्सल पावर र चिलिमे हाइड्रोपावर छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend