काठमाडौँ, जेठ २८ । हिमालयन बैंकले संस्थापक सेयरधनीका नाममा रहेको ३१ हजार २३७ कित्ता सेयर बिक्री खुलाएको छ। संस्थापक सेयर किन्न चाहने जोकोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाले आवेदन दिन सक्ने बैंकले जनाएको छ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बैंकले आवेदन खुलाएको हो।
सेयर खरिद गर्न चाहनेले जेठ २७ देखि १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा सेयर खरिद परिमाणसहित आवेदन दिनुपर्नेछ।


