२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सकियो, उपाधि प्राइम कमर्शियल बैंकलाई


सञ्चार डबली
  • मंगलबार, जेठ २७ २०८२
  • 5.5K
    SHARES

  • images
    महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सकियो, उपाधि प्राइम कमर्शियल बैंकलाई

    काठमाडौं, जेठ २७ । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ । 

    यहि जेठ २१ गते बुधबारदेखि जेठ २४ गते शनिबार (चार दिन) सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले पाएको छ । 

    नबिल बैंक लिमिटेडले दोस्रोस्थान हासिल गर्न सफल भएको छ ।

    उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, मर्चेन्ट बैंंकहरु तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । 

    साथै उक्त प्रतिोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत मिति जेठ २६ गते सोमबार नै सम्पन्न भएको छ ।

    नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई डेपुटी गर्भनर मिश्र तथा बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गरेका थिए । 

    उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंकका अमृत चौलागाई, उत्कृष्ट विकेट–किपर नबिल बैंक लिमिटेडका विजय पारा लिम्बु, उत्कृष्ट बलर एन.एम.बी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भए । 

    महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ का सम्पुर्ण प्रायोजकहरु, सहभागी सम्पुर्ण टिमहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका व्यक्ति÷सस्ंथाहरुलाई बैैंकले आभार व्यक्त समेत गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend