२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन बैंकको लमजुङ दुधपोखरीमा शाखा स्थान्तरण


सञ्चार डबली
  • मंगलबार, जेठ २७ २०८२
  • 5.0K
    SHARES

  • images
    हिमालयन बैंकको लमजुङ दुधपोखरीमा शाखा स्थान्तरण

    काठमाडौं, जेठ २७ । हिमालयन बैंक लिमिटेडले लमजुङको दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्नेबाट यहि २६ गते देखि दूधपोखरी शाखाको नाउँमा कारोबार हुनेगरी स्थान्तरण गरेको छ । 

    नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरेको  प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाले बताए ।  अब दुधपोखरी शाखाबाटै सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको उनले बताए । 

    उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बैंकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए । 

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम,  ८,००० भन्दा बढी POS Terminals  र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend