२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शेयर लोनको माग ४०%ले बढ्यो, १० महिनामा बैंकहरुबाट ३५.४२ अर्ब लोन प्रवाह


सञ्चार डबली
  • मंगलबार, जेठ २७ २०८२
  • 5.3K
    SHARES

  • images
    शेयर लोनको माग ४०%ले बढ्यो, १० महिनामा बैंकहरुबाट ३५.४२ अर्ब लोन प्रवाह

    काठमाडौं ।  करिब साढे ३५ अर्ब रुपैयाँ शेयर धितो कर्जा चालु आर्थिक वर्षको वैशाखसम्ममा थप प्रवाह भएको छ। चालु आर्थिक वर्षको वैशाखसम्मको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुबाट १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ ।

    गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । यस हिसाबले चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुबाट थप ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। असारको तुलनामा वैशाखसम्म ३९.२ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।

    वैशाखसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ८५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ५३.३ प्रतिशतले बढेको छ।

    यसैगरी वैशाखसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ५ करोड ९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १० करोड ४९ लाख रुपैयाँ गएको छ।

    असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

    गत असारको तुलनामा वैशाखसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २१.१ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५. ३ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा १०.८ प्रतिशतले बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend