२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बैशाख महिनामा मात्रै भित्रियो १६५ अर्ब रेमिट्यान्स, विदेशिनेको सङ्ख्या बढेको बढ्यै


सञ्चार डबली
  • मंगलबार, जेठ २७ २०८२
  • 4.7K
    SHARES

  • images
    बैशाख महिनामा मात्रै भित्रियो १६५ अर्ब रेमिट्यान्स, विदेशिनेको सङ्ख्या बढेको बढ्यै

    काठमाडौं, जेठ २७ । आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १३.२ प्रतिशतले वृद्धि भएको छ । बैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । 

    यस बर्ष वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन हालसम्मकै बढी हो । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । 

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।  

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१४७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१३०१ अर्ब ७५ करोड रहेको थियो ।  

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८० हजार ३१४ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend