२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 ५६.९४ अंकले बढ्यो सेयर बजार


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 7.8K
    SHARES

  • images
     ५६.९४ अंकले बढ्यो सेयर बजार

     

    काठमाडौ, १२ असार । चालु साताको कारोबारको तेस्रो दिन आज नेप्से ५० अंकमाथि पुगेको छ। आज नेप्से ५६.९४ अंकले बढेर २१८६.३६ को विन्दुमा कायम भएको छ।

     २७५ सूचीकृत कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार तीन उपसूचकबाहेक सबैमा हरियाली छाएको छ।

    लघुवित्तको उपसूचक सबैभन्दा धेरैले बढेको छ । लघुवित्तहरुको उपसूचक ८.९६ प्रतिशतले बढेको छ। फाइनान्सको उपसूचक पनि सर्वाधिक बढेको छ। स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

    कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, सोल्टि होटलआज , शिवम् सिमेन्टस्, आईजीआई पु्रडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फर्स्ट माईक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।
    मंगलबार ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यो बर्षको सबैभन्दा धेरै सर्किट लागेको मंगलबार नै हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend