२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • मंगलबार, जेठ २७ २०८२
  • 4.7K
    SHARES

  • images
    हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


     काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि जेठ २८ गते बुकक्लोज गर्दैछ। यसकारण आजसम्म कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । लाभांश वितरण प्रस्ताव आठौं वार्षिक साधारणसभाले पारित गर्नेछ । सभा असार १० गते आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौं बिहान साढे १० बजे सुरु हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend