२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि माग्यो सुझाव


सञ्चार डबली
  • सोमबार, जेठ २६ २०८२
  • 6.4K
    SHARES

  • images
    राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि माग्यो सुझाव

    काठमाडौं, जेठ २६ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याउन लागिएको मौद्रिक नीतिका सम्बन्धमा सार्वजनिक सुझाव माग गरेको छ।

    सोमबार सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नका लागि विभिन्न सरोकारवालाहरू, विज्ञहरू तथा आम नागरिकबाट राय तथा सुझावहरू पेश गर्न अनुरोध गरेको हो। बैंकले असार १० गतेभित्र आफ्ना सुझावहरू आर्थिक अनुसन्धान विभागमा पठाउन आग्रह गरेको छ।

    राष्ट्र बैंकले हरेक वर्ष संघीय बजेट सार्वजनिक भएपछि मौद्रिक नीति निर्माण गरी सार्वजनिक गर्दै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै, आगामी वर्षको मौद्रिक नीति तयार पार्न यसपटक पनि सुझाव सङ्कलन प्रक्रिया अघि बढाइएको हो।

    मौद्रिक नीति मुलुकको वित्तीय अवस्था, मुद्रास्फीति, बैङ्किङ प्रणाली तथा लगानीको प्रवाहसँग प्रत्यक्ष सम्बन्ध राख्ने दस्तावेज हो। यसमा ब्याजदर, कर्जा प्रवाह, मुद्रा आपूर्ति जस्ता नीतिगत विषयहरू समेटिन्छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend