२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट यसरी पर्‍यो आवेदन


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 7.9K
    SHARES

  • images
    आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट यसरी पर्‍यो आवेदन


    काठमाडौ, १२ असार । आईएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ३५ करोड ७६ लाख ३६ हजार ९६७ रुपैयाँ बराबरको आवेदन परेको छ ।सीडीएसका अनुसार आज बिहान १०ः२७ बजेसम्म १८ हजार ५६० जनाले १५ लाख ९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.२५ गुणा बढी आवेदन हो ।

    आइएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।


    रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend