२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला


सञ्चार डबली
  • शुक्रबार, जेठ २३ २०८२
  • 5.3K
    SHARES

  • images
    छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला


    काठमाडौं ।   छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ।१०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि विक्री खुला गरेको हो ।

    लगानीकर्ताहरुले आगामी असार १२ गते सम्म हकप्रद शेयरकालागि आवेदन दिन सक्नेछन् । गत जेठ २ गते कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरेको थियो ।

    जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य मानिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

    यस कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत आयोजनामा गरिएको ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालिन ऋण भुक्तानी गर्नका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend