२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि लघुवित्तले संस्थापक समूहको ९५ शेयर सर्वसाधारणमा परिणत गर्दै


सञ्चार डबली
  • बुधबार, जेठ २१ २०८२
  • 5.2K
    SHARES

  • images
    एनएमबि लघुवित्तले संस्थापक समूहको ९५ शेयर सर्वसाधारणमा परिणत गर्दै

    काठमाडौं । संस्थापक समूहको नौ प्रतिशत शेयर एनएमबि लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा परिणत गर्ने भएको छ। आज एक सूचना जारी गर्दै संस्थाले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्न लागिएको जनाएको छ।

    यो परिवर्तनले संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ। हाल संस्थामा संस्थाको समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ।

    सर्वसाधारणमा संस्थापक शेयर परिणत गर्न नचाहने शेयरधनीहरुलाई २१ दिनभित्र पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालयमा लिखित रुपमा निवेदन दिन संस्थाले आग्रह गरेको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै निवेदन नपरेको खण्डमा शेयर सर्वसाधारणमा परिणत गर्न मन्जुर भएको मानिने र प्रक्रिया अगाडि बढाइने संस्थाले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend