२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एटीएम र पीओएसमा मास्टर कार्ड प्रयोग गर्दै कुमारी बैंक


सञ्चार डबली
  • सोमबार, जेठ १९ २०८२
  • 5.8K
    SHARES

  • images
    एटीएम र पीओएसमा मास्टर कार्ड प्रयोग गर्दै कुमारी बैंक

    काठमाडौं ।  कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण एटीएम र पीओएस पोइन्ट अफ सेल टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने सेवा सुरु गरेको छ। डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सुरक्षित, सहज र आधुनिक बैंकिङ्ग अनुभव दिन उद्देश्यका साथ यो सुविधा सुरु गरिएको हो।

    यस सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकका एटीएममार्फत सजिलै रकम झिक्न सक्ने र पीओएस टर्मिनलमार्फत सहज रूपमा खरिदको भुक्तानी गर्न सक्नेछन्। बैंकका अनुसार यसले व्यापारी वर्गलाई पनि डिजिटल कारोबारमा टेवा पुर्‍याउँदै व्यावसायिक सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

    २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले आगामी दिनहरूमा पनि डिजिटल नेपालको अभियानमा सक्रियतापूर्वक सहभागी भई विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै ग्राहक सेवामा अझ नयाँ प्रविधि र सुविधाहरू थप गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend